नियम २६
लक्षित समूहका “लागि विशेष सामाजिक सुरक्षा तथा अन्य कार्यक्रम
(१) ऐनको दफा ४७ को उपदफा (१) बमोजिमको - लक्षित समूहका लागि दिइने स्वास्थ्य सेवा, सुविधा तथा प्रक्रिया नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ।

(२) “उपनियम (१) बमोजिम लक्षित समूहका लागि निर्धारण गरिएको स्वास्थ्य सेवा तथा सुविधा प्रदेश सरकार तथा स्थानीय तह मार्फत उपलब्ध गराइनेछ।

(३) उपनियम (२) को प्रयोजनको लागि प्रदेश सरकार तथा स्थानीय तहलाई नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ ।